डुम्रेमा योग बिज्ञान शिबिर सुरु, शिबिर मंसिर २० गतेसम्म सन्चालन हुने

६ मंसिर, डुम्रे । हरिहर महिला समुहले तनहँुको डुम्रे बजारमा योग बिज्ञान शिबिर सन्चालन गरेको छ ।

योग गरौ स्वस्थ रहौ भन्ने नाराका साथ सन्चालन गरिएको उक्त शिबिर बन्दीपुर गाउँपालिकाका अध्यक्ष पुर्णसिंह थापाले उद्घाटन गर्नुभएको थियो । 


शिबिरमा तनहँु उद्योग वाणिज्य संघका अध्यक्ष मानकाजी श्रेष्ठ, पुर्व अध्यक्ष घनश्याम श्रेष्ठ, बन्दीपुर गाउपालिका वडा नं १ का अध्यक्ष भानुभक्त पोखरेल, इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेका प्रहरी निरीक्षक निरज डाँगी लगायतको सहभागिता रहेको थियो ।


यही मंसिर ५ देखि २० गतेसम्म सन्चालन हुने शिबिरको योग गुरु गोबिन्द रेग्मीले प्रशिक्षण प्रदान गर्नुभएको छ । शिबिर डुम्रे सास्कृतिक युवा परिवारको भवन डुम्रेमा सन्चालन भइरहेको हरिहर महिला समुहकी अध्यक्ष सरिता पियाले जानकारी दिनुभयो ।
 

प्रतिकृया दिनुहोस