५० प्रतिशत अनुदानमा हाते ट्याक्टर बितरण

८ मंसिर, आबुखैरेनी । आँबुखैरनी गाँउपालिकाले ५० प्रतिशत अनुदानमा पावल टिलर (हाते ट्याक्टर) बितरण गर्ने भएको छ ।

 

गाउँपालिकाले आ.ब.२०७५÷७६ स्वीकृत कार्यक्रम अन्र्तगतको ८ वटा हाते ट्याक्टर बितरण गर्ने भएको हो । गाउँपालिका भित्र दर्ता भएका कृषक समुह, कृषि सहकारी, कृषि उद्यमी संस्था, ब्यबसायिक रुपमा खेती गर्ने किसान लगायतलाई बिशेष प्राथामिकता दिने गाउँपालिकाले बताएको छ ।

 

अनुदानको उक्त ट्याक्टरको लागि आबश्यक कागजात सहित यहि मंसिर १३ गतेसम्म निवेदन दिन सकिने गाँउपालिकाले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस