कालभैरव ट्रायल रेसको उपाधि खगेन्द्र र प्रियाले चुमे 


९ मंसिर, म्याग्दे । तनहुँको म्याग्दे–५ मुलाबारी क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा विका गर्ने उद्देश्यले आयोजित कालभैरव ट्रायल रेस प्रतियोगीतामा पुरुष तर्फको उपाधि खगेन्द्र रानाभाटले जितेका छन् ।

 

शनिबार कालभैरव मन्दिर पुजा व्यवस्थापन तथा विकास समिति म्याग्दे–५, मुलाबारीद्वारा आयोजित प्रतियोगीतामा १५७ जना प्रतिष्पर्धी धावकलाई पछि पार्दै रानाभाट प्रथम भएका हुन् । उनले थर्पुदेखि कालभैरव मन्दिरसम्मको ८ किलो मिटर दुरी ३३ मिनेट ५ सेकेण्डमा पुरा गरेका थिए । त्यस्तै रमेश मगरातीले उक्त दुरी ३५ मिनेट ८ सेकेण्डमा पुरा गरी द्धितीय भए । प्रतियोगीतामा रुपलाल बुढा तृतीय, सुवास थापा चौथो र प्रविन कुमार बोहोरा पाँचौ हुन सफल भएका छन् ।

 

त्यस्तै उक्त प्रतियोगिताको महिलातर्फको उपाधि खोटाङकी १८ बर्षीया प्रिया राईले जितिन् । आफ्ना ५९ जना प्रतिष्पर्धीलाई पछि पार्दै उनले प्रथम स्थान हाँसिल गरेकी हुन् । उनले ८ किलो मिटरको दुरी ५० मिनेट १० सेकेण्डमा पार गरेकी थिइन् । त्यस्तै खैरेनीटारकी विष्णु लामिछाने ५५ मिनेट २५ सेकेण्डमा दुरी पार गर्दै द्धितीय भएकी छन् । काठमाण्डौकी देवीकला गुरुङ तृतीय, भिमाद धन्दुरकी लिला बस्याल चौथो र दुलेगौँडाकी निर माया सापकोटा पाँचौ हुन सफल भएका छन् । प्रतियोगीतामा महिला तथा पुरुष दुबै समुहका प्रथम हुनेलाई १५÷१५ हजार, द्धितीयलाई १०÷१० हजार, तृतीय, चौथो र पाँचौ हुनेलाई क्रमशः ७ हजार, ५ हजार र ३ हजार रुपैयाँ नगदका साथमा मेडल र ट्रफीद्वारा पुरस्कृत गरिएको छ ।

 

उक्त प्रतियोगीतामा महिला पुरुष गरी कुल २१७ जनाले सहभागीता जनाएका थिए । विजेताहरुलाई म्याग्दे गाउँपालिकाकी प्रमुख माया रानाले पुरस्कृत गरेकी थिइन्। सो अवसरमा बोल्दै गाउँपालिका प्रमुख रानाले संस्कृति र खेलकुदको माध्यमबाट मुलाबारी क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न यस्ता कार्यक्रमले टेवा पुग्ने विश्वास व्यक्त गरिन । उक्त कार्यक्रमका अवसरमा लोकदोहोरी गायिका रितु थापा मगर, स्थानीय कलाकारहरुले विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । भन्ज्याङ्ग

प्रतिकृया दिनुहोस