लम्जुङ्गको सुन्दरबजारमा ट्रकको ठक्करबाट एक बालिकाको ज्यान गयो

९ मंसिर, सुन्दरबजार। लमजुङमा ट्रकको ठक्करबाट आइतबार एक बालिकाको  मृत्यु भएको छ।

 

सुन्दरबजार नगरपालिका–८ अकला मन्दिर नजिकै डुडकुलोमा  ट्रकले ठक्कर दिदाँ सोही नगरपालिकाको बलिथुङ नयाँगाउँ बस्ने ६ वर्षीया करुणा गिरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

 

बेसीशहरबाट डुम्रेतर्फ जाँदै गरेको बा २ क १९७६ नं. को ट्रकले  दिउँसो करिब २ बजेतिर बालिकालाई ठक्कर दिएको थियो। ठक्कर दिने ट्रक र चालक मनबहादुर विक प्रहरीको नियन्त्रणमा रहेको डिएसपी यादव ढकालले जानकारी दिए।

प्रतिकृया दिनुहोस