तनहुँ उद्योग वाणिज्य संघ डुम्रे इकाइको साधारणसभा सम्पन्न

११ मंसिर, डुम्रे । तनहुँ उद्योग वाणिज्य संघ डुम्रे बजार इकाइले सोमबार २३औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

साधारण सभाको उद्घाटन गर्दै तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष मानकाजी श्रेष्ठले गोरखाको पालुङटारमा रहेको विमान स्थल पुनः सञ्चालन बारे पहल भईरहेको बताएका छन्। विमानस्थल सञ्चालन भए सन् २०२० सम्ममा २० लाख पर्यटक भित्र्याउन सहयोग पुग्ने बताउँदै उनले हिमालपारीको जिल्ला मनाङ, अन्नपुर्ण पदमार्ग थोङ्ला पास लगायतका गण्डकी प्रदेशको तनहुँ, लमजुङ र गोरखामा आन्तरिक तथा वाह्य पर्यटक वृद्धि हुने विश्वास व्यक्त गरेका थिए ।

 

कार्यक्रममा संघका प्रथम उपाध्यक्ष वैकुण्ठनाथ मिश्रले डुम्रे बजार तनहुँको मात्रै नभई लमजुङ, गोरखा तथा मनाङको व्यापारिक केन्द्र भएकाले बजारलाई व्यवस्थित र सुरक्षित बनाउन सिसी क्यामरा जडान तथा फोहर व्यवस्थापनलाई ध्यान दिनु पर्ने बताएका थिए । इकाईका सभापति नेक महम्मद मियाको अध्यक्षतामा आयोजित साधारण सभामा संघका द्धितीय उपाध्यक्ष हरिबहादुर थापा, पूर्व जिल्ला उपाध्यक्ष राम पिया, भन्सार बजार इकाई सभापति लालकुमार श्रेष्ठ, संघका जिल्ला सदस्य राजेन्द्र पिया, हरिहर आमा समुहकी अध्यक्ष सरीता पिया, इकाईका उपाध्यक्ष राजेश श्रेष्ठ, सचिव राम जोशी लगायतले डुम्रे व्यापारि केन्द्र भएकाले बजार क्षेत्रका व्यवसाय र उपभोक्ताको सुरक्षाका लागि प्रविधिको प्रयोग गर्नुपर्ने र बजार क्षेत्रलाई सरसफाई युक्त बनाउन ध्यान दिनुपर्ने सुझाएका थिए ।

 

त्यस्तै, उक्त कार्यक्रमा इकाईका कोषाध्यक्ष सुभाष श्रेष्ठले आय व्याय विवरण प्रस्तुत गरेका थिए आजको भन्ज्याङ्ग राष्ट्रिय दैनिकमा खबर रहेको छ ।

प्रतिकृया दिनुहोस