तनहुँको भानुमा आगलागि, आगलागिबाट करिब १ लाखको क्षति 

११ मंसिर, भानु । तनहुँको भानु नगरपालिका २ रिट्ठाबोट स्थित दल बहादुर कुमालको घर नजिकै रहेको परालको टौवामा आगलागि हुदा करिब १ लाखको क्षति भएको छ ।


मंगलबार साझ ५.३० बजे कुमालको ४ बर्षिय नाति बिवस कुमालले आगो खेलाउदै गर्दा एक्कासी आगो लागेको प्रहरीले बताइएको छ ।

 

आगलागिबाट कुमालको २ वटा परालको टौवा जलेर नष्ट भएको छ । नेपाल प्रहरी, ससस्त्र प्रहरी र स्थानियहरुको सहयोगमा आगो नियन्त्रणमा लिइएको हाम्रा संवाददाता मनोज श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस