प्रहरी चौकी पछि स्थानियको माग- 'बैङ्क'

 

११ मंसिर, च्याङ्गली । सनराइज बैङ्क लिमिटेडले आइतबार अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । गोरखाको पालुङ्गटार नगरपालिका ७ च्याङ्गलीमा बैङ्कले स्वास्थ्या तथा दुर्घट्ना बिमा र इलेक्ट्रोनिक बैंकिङ्ग सुबिधा सम्बन्धि अन्तक्रिया गरेको हो ।

 

कार्यक्रमको उद्घाटन गर्दै वडा अध्यक्ष बसन्त कुमार श्रेष्ठले वडामा हालसम्म कुनै पनि बैङ्क नहुदा सामाजिक सुरक्षा भत्ता बितरण लगायतका अन्य आर्थिक गतिबिधी सन्चालन गर्न कठिनाई भएको बताउनुभयो । 
कार्यक्रममा बोल्दै वडा न ८ का अध्यक्ष शंकरराज कंडेलले बैङ्क सन्चालनको लागि आबश्यक पहल गर्ने बताउनुभयो । आफ्नो वडामा बैङ्क नहुदा भत्ता लिनको लागि कहिले डुम्रे त कहिले आँबुखैरनी पुग्नुपर्दा अति नै कठिन भएको स्थानियले बताएका छन । यसअघि वडामा प्रहरी चौकी स्थापना भइसकेको हुदा स्थानियले बैङ्कको समेत माग गरेका छन ।

 

डुम्रे शाखा प्रमुख लक्ष्मण भट््राईको सभापतित्वमा भएको कार्यक्रममा प्रधान कार्यालयका  राजेन्द्र प्रसाद जोसीले बैङ्कको निति तथा योजनाको बारेमा प्रकास पार्नुभएको थियो । बैङ्कको हालसम्म ८ अर्ब १५ करोड रुपैयाँ चुक्तापुजी रहेको छ भने निक्षेप ७५ अर्ब रुपैयाँ भन्दा माथि रहेको जोसीले बताउनुभयो । हालसम्म बैङ्कले १०२ वटा शाखा कार्यालय सहित १११ वटा एटिएम, ४ एक्सटेन्सन काउन्टर तथा २४ स्थानमा शाखा रहित बैंकिङ्ग सेवा प्रदान गरेको छ । 

 

यस्तै पछिल्लो समयमा बैङ्कले आफ्ना सेवाग्राहीहरुको लागि बिभिन्न योजनाहरु सन्चालनमा ल्याएको छ । जसअन्र्तगतको स्वास्थ्या उपचार बिमा लोकप्रिय बन्दै गएको छ । यस योजनामा बचतकर्ताले एक लाख रुपैयाँसम्मको स्वास्थ्या उपचार खर्च पाउने बैङ्क जनाएको छ ।


 

प्रतिकृया दिनुहोस