पोखरा घलेगाउँसम्म जीप सेवा सुरु, प्रति यात्रु ७ सय ५० भाडादर कायम

१२ मंसिर, पोखरा । पृथ्बी राजमार्ग बस सन्चालन समितीले पोखराबाट घलेगाउँसम्म पर्यटक जीप सेवा सुरु गरेको छ ।


जीप सेवाको उद्घाटन गर्दै क्बहोँलासोथर गाउँपालिकाका अध्यक्ष प्रमे घलेले ग्रामिण पर्यटकीय क्षेत्र घलेगाउँसम्म पुग्ने पर्यटकलाई जीप सेवाले सहयोग पु¥याउने बिश्वास ब्यक्त गर्नुभयो ।


घलेगाउँ र पोखरा आवतजावत गर्ने पर्यटकलाई सजिलो हुने बताउदै पोखरा घलेगाउँ जाने आउने आन्तरिक तथा बाह्य पर्यटकलाई स्तरिय सेवा प्रदान गर्ने गरी जीप सन्चालनमा ल्याइएको समितीका महासचिब योगेन्द्र बहादुर केसीले जानकारी दिनुभयो ।


समतिको उपाध्यक्ष बिज्ञान श्रेष्ठको सभापतित्वमा मंगलबार भएको कार्यक्रममा पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, नाट्टा पश्चिमान्चल क्षेत्रिय संघ पोखराका उपाध्यक्ष संजयकान्त सिग्देल लगायतले बोल्नुभएको थियो ।


पोखरा घलेगाउँसम्मको लागि प्रति यात्रु ७ सय ५० रुपैयाँ भाडादर कायम गरिएको समितीले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस