गुफा भित्र सरसफाई

१२ मंसिर, बिमलनगर ।तनहुँको बन्दीपुर गाउँपालिका ४ बिमलनगर स्थित सिद्धगुफा बिकास समितीले बृहत सरसफाई अभियान सन्चालन गरेको छ ।


अभियानको क्रममा समितीले बुधबार बिमलनगर बजार देखि सिद्धगुफासम्मको सडक तथा पैदलमार्ग सरसफाई गरेको हो । 


सोही क्रममा एसियाकै सबैभन्दा ठुलो सिद्ध गुफा भित्र पनि सरसफाई गरिएको शिद्ध गुफा बिकास समितीका अध्यक्ष लाल कुमार श्रेष्ठले जानकारी दिनुभयो । 

 

शिद्धगुफा बिकास समितिले गरेको सरसफाई अभियान । तष्बिर- मनोज श्रेष्ठ / रेडियो छिम्केश्वरी

 

 

 

प्रतिकृया दिनुहोस