तनहुँको भानुमा रक्तदान कार्यक्रम सम्पन्न

 

१३ मंसिर, भानु ।  तनहुँको भानु नगरपालिका २ फुस्रेटारमा बिहीबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । 

 

कार्यक्रम भानु नगरपालिकाका मेयर उदयराज गौलीले  रक्तदानको लागि आवश्यक सामग्री हस्तान्तरण गरि उद्घाटन गर्नु भएको थियो । नेपाल रेडक्रस सोसाइटी भानुभक्त उपशाखाका सभापति उपेन्द्र वहादुर विष्टको सभापतित्वमा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी तनहुँका मन्त्री चिनु पोख्रेल, भानु नगरपालिकाका उपप्रमुख आशा थापा लगायतको  उपस्थिती रहेको थियो ।

 

जिल्लाको दमौली अस्पतालमा  भएका विरामी तथा सुत्केरीको लागि रगत अभाव भएकोले रक्तदान कार्यक्रम गरिएको आयोजकले जनाएको छ । उक्त कार्यक्रमको लागि  नेपाल रेडक्रस सोसाइटी तनहुँ शाखाले प्राविधिक सहयोग गरेको थियो । 

 

कार्यक्रममा २५ पुरुष र ५ महिला गरि ३० जनाले गरेको रक्तदान गरेका थिए । सो कार्यक्रम भानु नगरपालिका, ग्लोबल आइएमई बैंक फुस्रेटार एक्सटेन्सन काउन्टर र नेपाल रेडक्रस सोसाइटी भानुभक्त उपशाखा को संयुक्त आयोजनामा  समपन्न भएको हो । कार्यक्रमको सहजीकरण ग्लोबल आइएमई बैंक फुस्रेटारका अनुज पण्डितले गरेका थिए ।

तष्बिर -अनुज पण्डित

 

प्रतिकृया दिनुहोस