योग शिबिरमा सहभागि हुनेको भिड

१५ मंसिर, डुम्रे । हरिहर महिला समुहले सन्चालन गरेको योग बिज्ञान शिबिरमा सहभागि हनेको संख्या बढ्दै गएको छ । 
'योग गरौ स्वस्थ रहौ' भन्ने नाराका साथ गत मंसिर ५ गतेबाट शिबिर सन्चालन गरिएको हो ।

 

शिबिरमा शुक्रबार बन्दीपुर गाउपालिकाका अध्यक्ष पुर्णसिंह थापा, श्री ३ जगदल गणका कर्नेल ब्रजेस महर्जन, तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष मानकाजी श्रेष्ठ, गणका मेजर कृष्ण सापकोटा,हवल्दार नरेन्द्र न्यौपाने लगायतको सहभागिता रहेको थियो ।


यही मंसिर २० गतेसम्म सन्चालन हुने शिबिरको योग गुरु गोबिन्द रेग्मीले प्रशिक्षण प्रदान गर्नुभएको छ । शिबिर डुम्रे सास्कृतिक युवा परिवारको भवन डुम्रेमा सन्चालन भइरहेको हरिहर महिला समुहकी अध्यक्ष सरिता पियाले जानकारी दिनुभयो ।
 

प्रतिकृया दिनुहोस