बसको ठक्करबाट गोरखामा एक जनाको ज्यान गयो ।

१५, मंसिर, गोरखा । शैक्षिक भ्रमणको लागि गोरखा गएको बसको ठक्करबाट गोरखामा एक विद्यार्थीको मृत्यु भएको छ। 


पोखराको ताराकुञ्ज बोडिङ स्कुलका विद्यार्थी लिएर गोरखा भ्रमणका लागि गएको ग १ ख ६३९६ नं.को बसले ठक्कर दिँदा गोरखा नगरपालिका १२ को १० किलोमा बस्ने प्रिन्स थापाको घटना स्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख दायाराम पौडेलले जानकारी दिए ।

 

सेन्ट जोसेफ कक्षा सातमा पढ्ने नौ वर्षीय थापा विद्यालयबाट घर फर्कँदै गर्दा बसले ठक्कर दिएको थियो ।  घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

प्रतिकृया दिनुहोस