तनहुँको याम्पामा जीपको ठक्करबाट बृद्धाको मृत्यु

१८ मंसिर, डुम्रे । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पामा मङ्गलबार े जीपको ठक्करबाट सोही ठाउँ निवासी ७५ वर्षिय चोलानाथ घिमिरेको मृत्यु भएको छ । 


आँबुखैरेनीबाट डुम्रे जाँदै गरेको बा ७ च ९१७४ नम्बरको बलेरो जीप अनियन्त्रिक भई छेउमा रहेका पैदलयात्री घिमिरेलाई ठक्कर दिंदा मृत्यु भएको इलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रेका प्रहरी नायव निरीक्षक रामशरण रानाले जानकारी दिनु भयो । 


रानाका अनुसार जीपको ठक्करबाट गंभिर घाईते भएका घिमिरेको दमौली अस्पतालमा उपचारको क्रममा दिउँसो २ः३० वजे मृत्यु भएको हो । आवश्यक अनुसन्धानको लागि जीप र जीपका चालक तनहुँको भानु नगरपालिका–१३ निवासी सन्जोक मगरातीलाई नियन्त्रणमा लिईएको छ । दमौली अस्पतालको पोष्टमार्टम पछि घिमिरेको शवलाई आफन्तले बुझेको प्रहरीले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस