सांसद गुरुङ्गद्धरा गहिरो दुःख ब्यक्त

१९  मंसिर, भानु । गण्डकी प्रदेसका सांसद राम बहादुर गुरुङ्गले चितुवाको आक्रमणबाट मृत्यु भएका भानु नगरपालिका २ ढल्केबरका अमृत गुरुङ्गको परिवारलाई बुधबार भेट्नुभएको छ ।

 

भेट पछि सांसद गुरुङ्गले घटना प्रति गहिरो दुःख व्यक्त गर्नुभएको थियो । दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै सांसद गुरुङ्गले दुःखद् घडीमा शोकाकुल परिवारप्रति धैर्यधारण गर्न आग्रह गर्नुभयो । सांसद गुरुङ्गसंगै पत्रकार, प्रहरी लगायतको टोलीले घट्नास्थलको निरीक्षण गरेको थियो । 

 

गत शनिबार मंसिर १५ गते हात धुत बाहिर निस्केका गुरुङ्गलाई चितुवाले आक्रमण गरी घाइते बनाएको थियो । घाइते गुरुङ्गको उपचारको क्रममा लक्ष्मी अस्पताल डुम्रेमा मृत्यु भएको स्थानियले बताएका छन । 

 

यसैबिच स्थानिय टोल बिकास संस्था, युवा क्लब, प्रहरी सहितको करिब १५० जनाको टोलीले बुधबार भानु नगरपालिका ३ दोरदोरटार स्थित  प्रगतिशिल सामुदायिक बन क्षेत्रमा चितुवाको खोजी कार्यलार्ई निरन्तरता दिएको छ । 
 

प्रतिकृया दिनुहोस