८० बर्षिय बृद्धलाई सहयोग


२० पौष, डुम्रे । धादिङ्गको रोराङ्ग गाउँपालिका ७ चरौदी निवासी एक बृद्धलाई न्यानो कपडा सहयोग गरिएको छ ।

 

त्रिशुली नदीको किनारमा बस्दै आएका ८० बर्षिय बृद्धलाई  गोरखाको पालुङ्गटार हवाइग्राउण्ड निवासी केशर श्रेष्ठ, भानु नगरपालिका वडा न.१ निवासी शरन क्षेत्री, राजु श्रेष्ठ लगायतले संयुक्त रुपमा सहयोग प्रदान गरेका हुन ।


त्रिशुली नदी माथीको तुइन तानेर बृद्धले दैनिक गुजरा चलाउदै आएका छन । बृद्ध साथमा एक अपाङ्ग छोरा रहेका छन ।
 

प्रतिकृया दिनुहोस