भानुको बारिफाँटमा समुदाय प्रहरी टोल समिती गठन

 

२२ पुस भानु । नेपाल प्रहरीको ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रम अन्तर्गत तनहुँको भानु–५ बारीफाँटमा आइतबार समुदाय प्रहरी टोल समिती गठन गरिएको छ ।

 

प्रहरीले शान्ति र स्थायित्वका लागि ‘हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ भन्ने मूलनाराका साथ शुरु गरेको अभियान अन्तरगत समुदायसंग समन्वय गरी अपराधजन्य घटनालाई न्यूनिकरण गर्न समिति गठन गरिएको हो । अपराध रोकथाम, समुदाय सुरक्षा, शान्ति र सुव्यवस्था सहितका समुदाय केन्द्रित कार्यक्रम सञ्चालन गर्न उक्त समितिले महत्वपूर्ण भूमिका खेल्ने इलाका प्रहरी कार्यालय भानुले जनाएको छ ।

 

भानु नगरपालिका वडा नं. ५ का सदस्य बिष्णुमाया कार्कीको सयोजकत्मा गठित समितको सदस्यहरुमा बाङ्गेरहडाडा टोल सुधार समितिका अध्यक्ष नर बहादुर घर्ती, जोगिनी टोल सुधार समितीका अध्यक्ष हरी बहादुर अधिकारी, बिरवा टोल सुधार समितीका अध्यक्ष राम बहादुर कामि, देबि पानी टोल सुधार समितीका अध्यक्ष सरीता पिया, निर्मला बिष्ट लगायत रहेका छन ।

 

यस्तै समितिको अन्य सदस्यहरुमा देउराली टोल सुधार समितीका अध्यक्ष मोती कुमार श्रेष्ठ, मिलीजुली युवा क्लबका अध्यक्ष दुर्गा बहादुर घले, देउरामाई आमा सुहको अध्यक्ष रगमाया श्रेष्ठ, नागरिक समाजका ज्ञानेन्द्र परियार, प्रेममाया सिमखडा, माधब सिमखडा गंयरी आमा समुहका अध्यक्ष आशा घले, समता कृषि सहकारी संस्थाका अध्यक्ष दुर्गा बहादुर अधिकारी, कालिका आमा समुहका अध्यक्ष पार्वती बिष्ट, लगायत रहेका छन भने सदस्य सचिबमा प्रहरी जवान निशेष राना मगरलाई चयन गरिएको हाम्रा संवाददाता मनोजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस