जारी पाचौ छपेलीकपमा सोमबार तीन खेल सम्पन्न

२३ पौष, डुम्रे । तनहुँको बन्दीपुर गाउँपालिका १ छापमा जारी पाचौ छपेलीकपमा आज तीन खेल सम्पन्न भएको छ । सिद्धगुफा युवा क्लब  र कल्चोक युवा क्लब बिच भएको पहिलो खेलमा ६ – ५ गोल अन्तरले कल्चोक युवा क्लब बिजयी भएको छ ।

 

यस्तै प्रतियोगितको दोस्रो खेलमा खहरे युवा क्लबले बन्दीपुर युवा क्लबलाई २ – ० गोल अन्तरले पराजित गरेको छ भने कालिका युवा क्लब र सामना युवा क्लब बिच भएको तेश्रो खेलमा सामना युवा क्लब ५ – १ गोल अन्तरले बिजयी भएको छ ।

 

सो प्रतियोगितको प्रथम पुरस्कार नगद रु ६० हजार रहेको छ भने दोस्रो पुरस्कार नगद रु ३५ हजार रहेको  छ । प्रतियोगिता छपेली सास्कृतिक युवा परिवारको आयोजना भएको हो ।

प्रतिकृया दिनुहोस