डुम्रेमा सामुहिक बेलबिवाह हुने

२४ पुस, डुम्रे । यही माघ १२ र १३ गते तनहुँको डुम्रेमा सामुहिक बेलबिवाह (इही) हुने भएको छ । कार्यक्रम  झिंगु नेवा पुच डुम्रेको आयोजनामा हुने भएको हो ।


उक्त कार्यक्रमको लागि झिंगु नेवा पुच डुम्रेका अध्यक्ष राजेस पियाको संयोजकत्वमा आइतबार समिती गठन गरिएको छ । उक्त समितीको सदस्यहरुमा बिशाल श्रेष्ठ, सुनिल श्रेष्ठ रहेका छन भने बाँकी अन्य दुइ जना सदस्यहरु पछि चयन गरिने बताइएको छ । 


यस्तै उक्त कार्यक्रमको प्रचार प्रसार उपसमितीको संयोजकमा समाजसेवी शिव कुमार श्रेष्ठ,  आर्थिक उपसमिती संयोजकमा अर्जुन श्रेष्ठ, स्थल ब्यबस्थापन संयोजकमा  डुम्रे सास्कृतिक युवा परिवारका अध्यक्ष दिनेस प्रधान, कार्यक्रम ब्यबस्थापन संयोजकमा हरिहर महिला समुहका अध्यक्ष सरिता पिया र फोटग्राफीक संयोजकमा अन्जिल श्रेष्ठ रहेका छन । 
 

प्रतिकृया दिनुहोस