भानुको मैबल हटियामा समुदाय प्रहरी टोल समिती गठन

२४ पुस, डुम्रे । नेपाल प्रहरीको ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रम अन्तर्गत तनहुँको भानु–५ मैबल हटियामा मंगलबार समुदाय प्रहरी टोल समिती गठन गरिएको छ ।


भानु नगरपालिका वडा नं. ५ का सदस्य दिपक थापाको  संयोजकत्वमा गठित समितको सदस्यहरुमा कृष्ण मन्दिर टोल सुधार समितीका अध्यक्ष देबिमाया खत्री, सत्यवती टोल सुधार समितीको अध्यक्ष सोभा बस्नेत, भैरब टोल सुधार समितीको अध्यक्ष देउमाया श्रेष्ठ, चैनपुर टोल सुधार समितीको अध्यक्ष मोहन बहादुर खाती लगायतलाई चयन गरिएको छ ।


यस्तै समितिको अन्य सदस्यहरुमा मनाकामना आमा समुहका अध्यक्ष जौमाया बिष्ट, सरस्वती सदन माध्यमिक बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष सन्तमान अधिकारी, मैबल आधारभुत बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष सुन्दरमान श्रेष्ठ नागरिक समाजका राजकुमार शाही, तिलक बहादुर बिष्ट लगायत रहेका छन । 

 

प्रहरीले शान्ति र स्थायित्वका लागि ‘हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ भन्ने मूलनाराका साथ शुरु गरेको अभियान अन्तरगत समुदायसंग समन्वय गरी अपराधजन्य घटनालाई न्यूनिकरण गर्न समिति गठन गरिएको हो । अपराध रोकथाम, समुदाय सुरक्षा, शान्ति र सुव्यवस्था सहितका समुदाय केन्द्रित कार्यक्रम सञ्चालन गर्न उक्त समितिले महत्वपूर्ण भूमिका खेल्ने इलाका प्रहरी कार्यालय भानुले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस