बिद्या निकुन्ज पुर्व बिद्यार्थी मन्चले बिभिन्न कार्यक्रम गर्ने

 

२४ पुस, डुम्रे । तनहुँको भानु नगरपालिका १२ स्थित बिद्या निकुन्ज पुर्व बिद्यार्थी मन्चले बिद्यालयको ६४ औ बार्षिककोत्सको अबसरमा बिभिन्न कार्यक्रम गर्ने भएको छ ।


पुर्व बिद्यार्थी मन्चका अध्यक्ष सम्शेर बहादुर लम्सालको सभापतित्वमा काठमाण्डौमा भएको पदाधिकारीको बैठकले बिद्यालयको बार्षिकोत्सबका अबसरमा अन्तर बिद्यालय हाजिरीजवाफ, अन्तर बिद्यालय हाफ म्याराथन, अन्तर बिद्यालय नृत्य लगायतका बिभिन्न प्रतियोगितात्मक कार्यक्रम गर्ने तयारी गरेको छ । 


हाफ म्याराथन प्रतियोगिताको बिजेताले बशाहस्थान माध्यामिक बिद्यालय देखि बिद्या निकुन्ज माध्यमिक बिद्यालय सम्मको करिब २१ कि.मी दुरी पार गर्नुपर्नेछ । प्रतियोगिताको बिजेताले नगद रु २२ हजारको साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै दोस्रो, तेस्रो, चौथो र पाँचौ हुनेले क्रमस रु ११ हजार, ६ हजार, २ हजार र एक हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन ।


उक्त प्रतियोगिताको प्रथम पुस्कार सोही बिद्यालयका भुपु बिद्यार्थी भानु १२ कोट निवासी बिजय लम्साल (हाल दक्षिण कोरियामा कार्यरत) ले प्रायोजन गर्नुभएको छ । यस्तै दोस्रो पुरस्कार पुर्व बिद्यार्थी भानु १२ आहालेका बेल बहादुर अधिकारी, तेस्रो पुरस्कार भुपु बिद्यार्थी भानु १२ कोट निवासी (हाल कुवेतमा कार्यरत) सन्त बहादुर लम्साल, चौथो र पाँचौ पुरस्कार भानु १२ निवासी राजेस थापाले प्रायोजन गर्नुभएको छ । 


यस्तै अन्तर बिद्यालय हाजिरी जवाफ प्रतियोगिताको प्रथम पुरस्कार नगद रु ५ हजारका साथमा मेडल र प्रमाणपत्र, दोस्रो र तेस्रो पुरस्कार क्रमशः नगद रु ३ हजार र २ हजारका साथमा मेडल र प्रमाण पत्र रहेको पुर्व बिद्यार्थी मन्चले जनाएको छ । उक्त प्रतियोगिताको पुरस्कार भानु १२ कोट निवासी (महालेखा नियन्त्रक कार्यालय काठमाण्डौमा कार्यरत ) पुर्व बिद्यार्थी शुशिल लम्सालले  प्रायोजन गर्नुभएको छ । 


यसैगरी अन्तर बिद्यालय नृत्य प्रतियोगिताको बिजेताले नगद रु १० हजार प्राप्त गर्नेछ । माघ १८ गतेदेखि सुरु हुने उक्त कार्यक्रमको प्रत्यक्ष प्रसारणको ब्यबस्था समेत मिलाइएको पुर्व बिद्यार्थी मन्चका अध्यक्ष एवं समाजसेवी सम्शेर बहादुर लम्सालले जानकारी दिनुभयो ।
 

प्रतिकृया दिनुहोस