जारी पाचौ छपेलीकपमा मंगलबार चार खेल सम्पन्न

२४ पुस, डुम्रे । तनहुँको बन्दीपुर गाउँपालिका १ छापमा जारी पाचौ छपेलीकपमा मंगलबार चार खेल सम्पन्न भएको छ । 


बानियाँटार युवा क्लब र चाम्बास युवा क्लब बिच भएको पहिलो खेलमा १ – ० गोल अन्तरले चाम्बास युवा क्बल बिजयी भएको छ । उक्त प्रतियोगिताको म्यान अफ दि म्याच चाम्बासका सन्तोष घले भएका छन् । प्रतियोगिताको दोस्रो खेल निर्धारित समयमा बराबरीमा रोकिए पछि खेलको निर्णय ट्राईबेकर मार्फत भएको थियो । ट्राईबेकरमा लाफा युवा क्लबले शिद्धगुफा युवा क्लबलाई ३ – १ को गोल अन्तरले पराजित गरेको छ । सो प्रतियोगिताको म्यान अफ दि म्याच लाफाका आयुष मगरले पाएका छन । 


यस्तै काउरेटार युवा क्लब र श्री ३ जंगदल गण बिच भएको तेस्रो खेलमा २ – ० गोल अन्तरले श्री ३ जंगदल जण बिजयी भएको छ । प्रतियोगिताको म्यान अफ दि म्याच श्री ३ जंगदल गणका लक्ष्मण केसी भएका छन । आज भएको अन्तिम खेलमा न्यु बुद्ध युवा क्लबले छपेली सास्कृतिक युवा परिवालाई १ – ० गोल अन्तरले पराजित गरेको छ । 


उक्त प्रतियोगितको प्रथम पुरस्कार नगद रु ६० हजार रहेको छ भने दोस्रो पुरस्कार नगद रु ३५ हजार रहेको  छ । प्रतियोगिता छपेली सास्कृतिक युवा परिवारको आयोजना भएको हो ।
 

प्रतिकृया दिनुहोस