नारायणी आधारभुत बिद्यालयको ५४ औ बार्षिकोत्सब सम्पन्न

 

२७ पुस, भानु । गण्डकी प्रदेसका सांसद दोवाटे बि.क.ले अबको शिक्षा रोजगारमुलक हुनु पर्ने बताउनुभएको छ । 


भानु नगरपालिका ५ बारीफाँट स्थित नारायणी आधारभुत बिद्यालयको ५४ औ बार्षिकोत्सब तथा अभिभावकको दिवसको बिहीबार उद्घाट्न गदै उहाले सो कुरा बताउनुभएको हो । साथै उहाले शैक्षिक बेरोजगारको संख्या दिन प्रतिदिन बढ्दै गइरहेकोले सरकारले प्राबिधिक शिक्षामा जोड दिनुपर्ने समेत बताउनुभयो । 


बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष ज्ञानेन्द्र दर्जीको सभापतित्वमा भएको कार्यक्रममा बिद्यालयका भुपु अध्यक्षद्धय दुर्गा बहादुर अधिकारी, हरि बहादुर अधिकारी, भानु नगरपालिका वडा नं.५ का वडा सदस्य दिपक थापा लगायलते शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । यस्तै कार्यक्रममा इलाका प्रहरी कार्यालय भानुका प्रहरी नायब निरीक्षक जगत बहादुर ढकाल, सहायक प्रहरी निरीक्षक केदार राई, ठुलो बना आमडाडाँ उपभोत्ता समितीका अध्यक्ष नर बहादुर घर्ती, भानु सस्कृत माध्यमिक बिद्यालयका कुलचन्द्र आचार्य लगायतको सहभागिता रहेको थियो । 


कार्यक्रममा बिद्यालयका प्रधानाध्यापकले बिद्यालयको शैक्षिक एवं भौतिक, आय ब्यय र आगामी कार्यक्रमको प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । आर्थिक बर्ष २०७४÷७५ मा बिभिन्न शिर्षकमा भएको कुल आम्दानी ५६ लाख ८५ हजार १ सय ९६ रपैयाँ रहेको र ४२ लाख ५३ हजार ४ सय ४५ रुपैयाँ तलब भत्ता, फर्निचर खरिद, पोसाक भक्ता, कक्षाकोठा रंगरोगन, मर्मतसंभार लगायतको शिषर्कमा खर्च भएको बिद्यालयले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस