बसले च्यापिदा बन्दीपुरमा एक किशोरको ज्यान गयो

२७ पुस, डुम्रे । तनहुँको बन्दीपुर ४, भुमर्से नजिकै पिप्लेमा शुक्रबार बिहान बसले च्यापिदा एक किशोरको मृत्यु भएको छ । 

 

मृत्यु हुनेमा तनहुँको बन्दीपुर गाउँपालिका–४ पिप्लेका १५ वर्षीय विश्वास थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । मृतकका बाबु बलक थापाले घर अगाडि रोकिराखेको ग १ ख ४६५८ नं.को बस पछाडि हटाउने क्रममा च्यापिएर विश्वास घाइते भएका थिए ।

 

थापाको उपचारको क्रममा बन्दीपुर अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बन्दीपुरका प्रहरी नायब निरीक्षक रामकृष्ण अधिकारीले जानकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस