मुक्तिनाथ बिकास बैङ्क लि.द्धरा बिद्यार्थीलाई झोला हस्तान्तरण

२७ पुस डुम्रे । मुक्तिनाथ बिकास बैंङ्क लिमिटेडले गरिब तथा जेहेन्दार बिद्यार्थीलाई झोला बितरण गरेको छ ।


बन्दीपुर गाउँपालिका १ नाहालास्थित बिष्णु माध्यामिक बिद्यालयका कक्षा १ देखि ३ सम्म अध्ययनरत बिद्यार्थीलाई झोला सहित एक थान मोजा सहयोग उपलब्ध गराएको हो । बैङ्कको १३ औ बार्षिकोत्सबको अबसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत शुक्रबार एक कार्यक्रमकाबिच डुम्रे शाखा प्रबन्धक इश्वर सापकोटाले बिद्यालयका प्रधानाध्यापक जिवनाथ पौडेललाई सो सामाग्री हस्तान्तरण गर्नुभएको हो ।

 

सहयोग हस्तान्तरण गर्दै प्रबन्धक सापकोटाले बिद्यार्थीको पठनपाठनमा केही सहयोग गरोस भन्ने मनसायले सानो प्रयास मात्रै गरेको बताउनुभयो । साथै उहाँले आगामी दिनमा आबश्यकताअनुसार सहयोग जुटाउने पनि प्रतिबद्धता ब्यक्त गर्नुभयो । 
 

प्रतिकृया दिनुहोस