प्रथम पालुङ्गटार लिगलिग महोत्सब २०७५ हुदै

३ माघ, गोरखा । गोरखाको पालुङ्गटार नगरपालिका ५ माझटारमा फाल्गुण ३ देखि १२ गतेसम्म पालुङ्गटार लिगलिग महोत्सब २०७५ हुने भएको छ । महोत्सब गोरखा उद्योग वाणिज्य संघ पालुङ्गटार बजार इकाईको आयोजनामा हुन लागेको हो । 


ऐतिहासिक लिगलिग पालुङ्गटारको पहिचान, कृषि पर्यटन उद्योग ब्यापार प्रवद्र्धन मुल अभियान भन्ने नाराका साथ सन्चालन हुने उक्त महोत्सबमा बिभिन्न प्रकारका स्टल, नगरस्तरीय गायन तथा नृत्य प्रतियोगिता (Palungtar Singing adn Dansing Star) घरेलु तथा साना उद्योगबाट उत्पादित बस्तुहरुको प्रर्दशनी, हस्तकला प्रर्दशनी, कृषि प्रर्दशनी, रमाइलो मेला, खाना महोत्सब सहित राष्ट्रिय तथा स्थानिय कलाकारहरुको सास्कृतिक कार्यक्रम मुख्य आकर्षणको रुपमा रहेको छ । यस्तै महोत्सब अबधिभर गोरखाको एतिहासिक, धार्मिक तथा पर्यटकिय स्थलहरुको अवलोकन गर्न प्याराग्लाइडिङ्गको समेत ब्यबस्था गरिएको आयोजकले बताएको छ । महोत्सबमा नगरपालिका भित्रका वडा स्तरीय डोरी तान्ने प्रतियोगिता, बिद्यालय स्तरिय बक्तृत्वकला प्रतियोगिता, झाकी प्रर्दशनी, हास्य ब्यङ्गय कार्यक्रम लगायत बिभिन्न मनोरन्जनात्मक कार्यक्रमहरु रहने बताइएको छ ।


पहिलो पटक हुन लागेको उक्त महोत्सबले पालुङ्गटार क्षेत्रको समग्र पर्यटन प्रर्बधनमा टेवा पुग्ने जनाइएको छ । यस्तै महोत्सबले स्थानिय र निजी क्षेत्रको सम्बन्ध बिस्तार हुने, प्रतिस्पर्धी उत्पादनहरुबारे जानकारी प्राप्त गर्न सकिने, क्रेता र बिक्रेता बिच सम्बन्ध अभिबृद्धि हुने,  जिल्लाको लोक सस्कृति एवं बिबिध सँस्कृतिहरुको जगेर्ना गर्न सहयोग पुग्नुका साथै देसको समस्त आर्थिक क्षेत्रको अभिबृद्धिमा सहयोग पुग्ने आयोजकले बिश्वास लिएको छ । 


महोत्सको मुनाफा रकमबाट नगरपालिका क्षेत्रमा अत्याबश्यक देखिएको बहुउदेश्यीय सभाहल निर्माण गर्ने, उद्योग ब्यापार ब्यबसायको प्रबद्र्धनका कार्यक्रम लगायत पर्यटनसंग सम्बन्धित बिभिन्न कार्यक्रम संचालन गर्ने आयोजकले बताएको छ । 
 

प्रतिकृया दिनुहोस