बन्दीपुरमा श्रद्धान्जली कार्यक्रम

११, माघ, डुम्रे । नेपाली कांग्रेसका क्रियाशिल नेता हुपराज गिरीको धर्म पत्नी मखमली गिरीको निधन भएको १३ औ दिनको पुण्यतिथीमा बिहीबार श्रद्धान्जली कार्यक्रम गरिएको छ । गिरी बन्दीपुर- ३, शेराटार निवासी हुन ।


कार्यक्रम नेपाली कांग्रेस बन्दीपुर वडा नं ३ को अगुवाईमा भएको हो । मृत आत्माको चिरशान्तीको कामना गदै नेपाली कांग्रेस जिल्ला सभापति बैकुण्ठ न्यौपानेले गिरीको परिवारले कांग्रेस संगठनमा पु¥याउनुभएको योगदानको चर्चा गर्नुभयो । साथै उहाँले आगामी दिनमा पार्टी संगठनमा एकढिक्का भइ लाग्न समेत अनुरोध गर्नुभयो ।


वडा सभापति कुल बहादुर अधिकारीको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपाली कांग्रेस महासमिती सदस्य दिपक भट्राई, बन्दीपुर सभापति कर्ण बहादुर खत्री, महाधिबेसन प्रतिनिधि सुमुन्द्र गोदार, जिल्ला सदस्य मोहन गिरी, वडा अध्यक्ष हस्त बहादुर जि.सी, वडा सचिब हरी भट्राई लगायतका नेता कार्यकर्ताहरुले समबेदना अर्पण गरेका थिए । 

प्रतिकृया दिनुहोस