प्रथम पालुङ्गटार महोत्सब फाल्गुण १ गतेदेखि

माघ १३, पालुङ्गटार । यहि फाल्गुण १ देखि १० गतेसम्म प्रथम पालुङ्गटार महोत्सब २०७५ हुने भएको छ । महोत्सब चेम्बर अफ कमर्स पालुङ्गटार इकाई गोरखाको आयोजना तथा पालुङ्गटार नगरपालिका र स्थानिय क्लबहरुको सहयोगमा हुन लागेको हो । 


पालुङ्गटार नगरपालिकाको कला, संस्कृति, कषि, पर्यटन तथा स्मार्ट सिटीको पुर्वाधार तयार गर्ने अभियान सहित महोत्सब सन्चालन गरिने आयोजकले जनाएको छ । महोत्सबमा बिभिन्न प्रकारका स्टल, कृषि, पर्यटन तथा ब्यापारिक प्रर्दशनी, म¥र्याङ्गदी नदीमा ¥याफ्टििङ्ग, केराका परिकार, बिद्यालय स्तरीय लोक दोहोरी प्रतियोगिता, शैक्षिक प्रर्दशनी,  रमाइलो बाल उद्यान, हस्तकला प्रर्दशनी, राष्ट्रिय तथा तथा स्थानिय कलाकारहरुको प्रस्तुती लगायत मुख्य आकर्षणको रुपमा रहेको छ । यस्तै महोत्सबमा गोरखाको धार्मिक, ऐतिहासिक तथा पर्यटकिय स्थलहरुको दृश्यावलोकनको लागि हेलिकप्टरको समेत ब्यबस्था गरिएको आयोजकले बताएको छ । 


यस्तै महोत्सब अबधिभर लोक तथा दोहरी गायक बद्री पंगेनी, पशुपति शर्मा, मिलन लामा, जिवन शर्मा, प्रिति आले, राजु गुरुङ्ग, प्रमोद खरेल, सुनिल गिरी, आलोक श्री, हरिराम परियार, संगिता बैद्य, पवन श्री परियार, केशब बगाले, भुमिका गिरी, प्रकास कटुवाल, बिनिता गुरुङ्ग, डिबि लोप्चन, रंजित परियार लगायतका राष्ट्रिय तथा स्थानिय कलाकारहरुको सांगतिक प्रस्तुती रहनेछ । यस्तै हास्यकलाहरुमा भद्रगोलका हरि निरौला (कक्रोज), सागर लम्साल (बले), मेरी बास्सैका मरिचमान श्रेष्ठ (बन्छी धुर्बे), राजु पौडेल (राजु मास्टर), रमेस दुलाल, सरिस्मा पुन मगर, प्रियंका नेपाली लगायतको मनोरन्जनात्मक प्रस्तुती रहने आयोजकले जनाएको छ ।


पहिलो पटक हुन लागेको उक्त महोत्सबले पालुङ्गटार क्षेत्रको समग्र पर्यटन प्रर्बधनमा टेवा पुग्ने जनाइएको छ । यस्तै महोत्सबले स्थानिय र निजी क्षेत्रको सम्बन्ध बिस्तार हुने, प्रतिस्पर्धी उत्पादनहरुबारे जानकारी प्राप्त गर्न सकिने, क्रेता र बिक्रेता बिच सम्बन्ध अभिबृद्धि हुने, जिल्लाको लोक सस्कृति एवं बिबिध सँस्कृतिहरुको जगेर्ना गर्न सहयोग पुग्नुका साथै देसको समस्त आर्थिक क्षेत्रको अभिबृद्धिमा सहयोग पुग्ने आयोजकले बिश्वास लिएको छ । 


महोत्सको मुनाफा रकमबाट नगरपालिका क्षेत्रमा उद्योग ब्यापार ब्यबसायको प्रबद्र्धनका कार्यक्रम लगायत पर्यटनसंग सम्बन्धित बिभिन्न कार्यक्रम संचालन गर्ने आयोजकले बताएको छ ।


 

प्रतिकृया दिनुहोस