तनहुँको डुम्रेमा आदीबासी जनजाती महोत्सब हुने ।

२० माघ, डुम्रे । तनहुँको बन्दीपुर गाउँपालिका १ डुम्रेमा आदीबासी जनजाती महोत्सब हुने भएको छ । महोत्सब आगामी २०७६ माघ १६ देखि २७ गतेसम्म गरिने निर्णय भएको नेपाल आदीबासी जनजाति महासंघ बन्दीपुर गाउँ समन्वय समितीले जनाएको छ । 


समितीका अध्यक्ष शिव कुमार श्रेष्ठको सभापतित्वमा शनिबार भएको बैठकले आदीबासी जनजातीको भेषभुषा सहितको स्टल राखिने समेत निर्णय गरेको छ । उक्त स्टलले आन्तरिक तथा बाह्य पर्यटक प्रर्वद्धन गर्न तथा स्थानिय जनजातिहरुको सस्कृति सम्बन्धि जानकारी दिन र प्रचारप्रसार गर्न सहयोग पु¥याउने समितीले बिश्वास लिएको छ । स्टल बन्दीपुर ४ टुडिखेलमा राखिने बताइएको छ । सो कार्यको लागि गाउँपलिकासंग आबश्यक ब्यबस्था मिलाइदिन समेत समितीले अनुरोध गरेको छ । महोत्सबले यस क्षेत्रका आदीबासी जनजाती समुदायको भाषा, सस्कृतिको जर्गेना, पहिचान र संरक्षणमा टेवा पु¥याउने समितीका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।


उक्त बैठकले समितीको सल्लाहकारमा राजेस पियालाई चयन गरेको छ । यस्तै समितीको सदस्यहरुमा भने किसान प्रधान र विजय रानालाई मनोनित गरेको छ । बैठकमा समितीका उपाध्यक्ष सगुन भुजेल, सचिब जित बहादुर भुजेल, कोषाध्यक्ष अनिता शाही, जाँचबुझ समिती सदस्य धपेन्द्र थापा, सल्लाहकार क्या. दिल बहादुर थापा लगायतको सहभागिता रहेको थियो । यस्तै समितीले निर्माणधिन आदीबासी जनजाती संग्राहलयको अवलोकन तथा निरिक्षण गरेको छ । 
 

प्रतिकृया दिनुहोस