धर्मको नाममा तस्करी : भरतपुरको वागेश्वरीबाट काठ तस्करी गर्न खोज्नेलाई उम्काउने खेल

चितवन, कात्तिक २८-

भरतपुरको वागेश्वरीमा रहेको योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयबाट दुई साताअघि अवैध रुपमा काठ काटेर लुकाउनेलाई उम्काउन खोजिएको छ ।

प्राकृतिक चिकित्सालयका पदाधिकारीहरुले छिमेकी जलदेवी सामुदायिक वनबाट काठ चोरी गरेर लुकाइरहेको अवस्थामा कात्तिक १२ गते सामुदायिक वनका पदाधिकारीहरुले ५६.११ क्यूफिट सालको काठ बरामद गरेका थिए । बरामद गरिएको काठ सामुदायिक वनको कार्यालय आँपटारीमा छ । विशेष सुराकीका आधारमा काठ बरामद गरिएको वन समूहका अध्यक्ष केशव थापाले जानकारी दिए । पवित्र देवघाट जाने क्षेत्रमा बागेश्वरी आश्रम र प्राकृतिक चिकित्सालय छन् यो काठको बजार मुल्य करिब साढे २ लाख रुपैयाँ छ । सालको काठ काठेर त्यसको फेदमा माटोले पोतेको अवस्थामा सामुदायिक वनका पदाधिकारीहरुले काठ फेला पारेका थिए । चिकित्सालयका पदाधिकारीहरुले यसअघि पनि काठको चोरी र तस्करी गर्ने शंका उब्जिएको अध्यक्ष थापा बताउँछन् ।काठ बरामद भएपछि सामुदायिक वनले तीन सदस्यीय छानबिन समिति गठन ग¥यो । समितिले कात्तिका १८ गते प्रतिवेदन दियो । चिकित्सालयले संस्थागत रुपमा काठ काट्ने निर्णय नगरेको भए पनि चिकित्सालयकै प्रयोजनका लागि काठ काटेको प्रतिवेदनमा उल्लेख छ । चिकित्सालयले त्यहाँका सुपरभाइजर अर्जुन कार्कीले आफूहरुलाई जानकारी नदिइ काठ काटेको बताएका छन् । कार्कीले पनि आफ्नै सुरले काठ काट्न लगाएको झुटो लिखित स्पष्टिकरण दिएका छन् । narayanionline.com

प्रतिकृया दिनुहोस