गोरखामा एम्बुलेन्स सञ्चालनमा कडाइ

२८ कात्तिक,, गोरखा । जिल्ला एम्बुलेन्स सञ्चालन समितिले एम्बुलेन्स सञ्चालनमा कडाइ गरेको छ । एम्बुलेन्स सेवामा लापरवाही हुन थालेपछि सोमबार समितिको बैठक बसेर विभिन्न नियम बनाइएको हो ।

बैठकले अनुमति लिने संस्थाले नै एम्वुलेन्स सञ्चालन गर्नुपर्ने निर्णय गरेको छ । सञ्चालन अनुमति लिएको स्थानमा रहेर सेवा प्रदान गर्न पनि समितिले निर्देशन दिएको छ । ‘

भीमसेन स्मृति प्रतिष्ठान छोप्राक, बुंकोट स्वास्थ्यचौकी र काजिमान स्मृति प्रतिष्ठान फुजेलले अनुमति पाएको स्थान भन्दा अन्यत्र रहेर एम्वलेन्स सञ्चालन गर्दै आएको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए ।
समितिको बैठकले जिल्ला भित्र संचालनमा आएका सम्पूर्ण एम्वुलेन्स सञ्चालकहरुको समिति गठन गरी परिचालनका बारेमा आधिकारिक सम्पर्क स्थान र व्यक्ति तोक्नुपर्ने निर्णय गरेको छ ।

उक्त कामका लागि १५ दिनको समय दिइएको छ । बैठकले एम्बुलेन्स खरिद एवं राजश्व छुटका लागि सिफारिस गर्दा अन्य गैरसरकारी संस्थाको हकमा कम्तीमा दुई बर्षदेखि सो क्षेत्रमा क्रियाशील रहेको संस्था हुनुपर्ने मापदण्ड बनाउने निर्णय गरेको छ ।
 

प्रतिकृया दिनुहोस