• २०८३ असोज २, शुक्रबार
  • 02:50

मोबाइल प्याराडाइजबाट मोबाइल किन्दा ग्राहकलाई स्कुटर उपहार

रेडियो छिम्केश्वरी‌, पावर एफ.एम., डुम्रे, तनहुँ।

चितवनको नारायणगढ स्थित इन्द्रदेव मार्गमा रहेको मोबाइल प्याराडाइजमा सामसुङ मोबाइल किन्दा एक ग्राहकले स्कुटर उपहार जित्नुभएको छ। सामसुङ मोबाइलले दशैं लक्षित ल्याएको ‘२५ दिन २५ स्कूटर उपहार’ योजना अन्तर्गत भरतपुर–११ बसेनीकी रञ्जना थापाले स्कुटर उपहार जित्नुभएको हो।

 

उहाँलाई हिजो बुधवार एक कार्यक्रमकाबीच मोबाइल पसलका सञ्चालक अर्पण अर्याल र सामसुङको चिफ सेल्स म्यानेजर बद्री खड्काले करिब २ लाख ३७ हजार  मूल्यको टिभिएस एन प्रो १२५ सिसीको स्कुटर टिभीएसको एनटर्क स्कुटर हस्तान्तरण गर्नुभएको हो। स्कुटर उपहार पाएपछि थापाले खुशी प्रकट गर्नुभयो । कात्तिक ३ गते थापाले १७ हजार रुपैयाँ पर्ने सामसुङ मोबाइल खरिद गर्नुभएको थियो ।

 

‘मलाई मोबाइल पसल र सामसुङ कम्पनीबाट स्कुटर उपहार परेको बारे फोन गर्दा पत्यार नै लागेको थिएन्, पछि करलगायतका प्रक्रिया अघि बढाउन भनेपछि विश्वास लाग्यो । अहिलेसम्म धेरै मोबाइल किनियो अहिले उपहार पर्दा खुशी लाग्या छ’ थापाले भन्नुभयो ।

 

मोबाइल प्याराडाइजका सञ्चालक अर्यालले स्कुटर विजेता थापालाई बधाई दिनुभएको थियो। उहाँले ६ महिनाअघि मात्रै माबोइल प्याराडाइज नामको पसल खोल्नुभएको थियो। आफुले मोबाइल पसल खोलेको छोटो समयमै ग्राहकले उपहार जितेकोमा धेरै खुशी लागेको बताउनुभयो । 

प्रतिकृया दिनुहोस