आदिकवि भानुभक्त क्याम्पसको प्लान्ट ट्यागिङ कार्यक्रम सम्पन्न
रेडियो छिम्केश्वरी, पावर एफ.एम., डुम्रे, तनहुँ।
तनहुँको व्यास नगरपालिका-१, विज्ञानचौर स्थित आदिकवि भानुभक्त क्याम्पसले प्लान्ट ट्यागिङ कार्यक्रम सम्पन्न गरेको छ। क्याम्पसको विज्ञान तथा प्रविधि विभागको आयोजनामा क्याम्पसको वनस्पति उद्यानमा सञ्चालित उक्त कार्यक्रमको आज समापन गरिएको हो ।
विज्ञान दिवसको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज अन्तिम दिन वनस्पतिको नामाकरण कार्यक्रम आयोजना गरिएको थियो। विज्ञान दिवस सप्ताह अन्तर्गत विज्ञान तथा प्रविधि विभागले शिक्षक, कर्मचारी र विद्यार्थीहरूको रक्तचाप , विज्ञान हाजिरी जवाफ , जिल्लाव्यापी विज्ञान शिक्षक तालिम , वनस्पति उद्यान गोडमेल तथा वृक्षारोपण कार्यक्रमको आयोजना यसअघि नै गरेको थियो।
उक्त कार्यक्रममा क्याम्पस परिसरमा रहेको वनस्पति उद्यानमा रहेका विभिन्न जातिका २५ वटा बिरुवाहरू को अगाडी वेल्डिङ गरी फलामको रडमा जोडिएको फलामको पातामा वनस्पतिको नाम लेखिएको ट्यागिङ बिरुवाको अगाडि राखेर नामाकरण गरिएको छ ।
विज्ञान तथा प्रविधि विभागका प्रमुख राजन घिमिरेका अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस प्रमुख महाप्रसाद हडखले कार्यक्रम प्रमुख रहनुभएको थियो। कार्यक्रममा सहभागीहरूलाई वनस्पति शास्त्रका उपप्राध्यापक प्रकाश गैह्रेले स्वागत गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण भौतिक शास्त्रका उपप्राध्यापक सागर न्यौपानेले गर्नुभएको थियो ।
उक्त कार्यक्रममा स्नातक तह विज्ञान शिक्षा विषय अध्ययन गर्ने प्रथम, दोस्रो, तेस्रो र चौथो वर्षका विद्यार्थी र विभागका सदस्य प्राध्यापकहरूको सहभागिता रहेको थियो।




प्रतिकृया दिनुहोस