• २०८३ असोज २, शुक्रबार
  • 02:52

आदिकवि भानुभक्त क्याम्पसको ए.वि.सि. गणित सर्कलको तेश्रो अधिवेशन सम्पन्न

रेडियो छिम्केश्वरी, पावर एफ.एम., डुम्रे, तनहुँ ।

तनहुँको दमौली स्थित आदिकवि भानुभक्त क्याम्पसको ए.वि.सी  गणित सर्कलले तेश्रो अधिवेशन आज शनिवार विहान क्याम्पस सभाकक्षमा सम्पन्न गरेको छ । सर्कलका अध्यक्ष वर्षा गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा क्याम्पस प्रमुख महाप्रसाद हड्खले गर्नुभएको थियो ।

 

कार्यक्रममा मानविकी तथा समाज शास्त्र विभागका प्रमुख विमल गिरी, गणितका उपप्राध्यापक विष्णु कुमार यादव लगायतको उपस्थिती रहेको थियो भने उद्घाटन कार्यक्रम संगिता वरालीले संचालन गर्नुभएको थियो । स्ववियू सचिव अनुप आले , तनहुँ सम्पर्क समाज पृथ्वी नारायण क्याम्पसका अध्यक्ष सुरेश थापा, क्याम्पसको युवा रेडक्रसका अध्यक्ष सुमन खडका लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।

निर्वाचन समिति संयोजक उप प्राध्यापक विष्णु कुमार यादवका अनुसार सर्कलको तेस्रो अधिवेशनले पुनः वर्षा गुरुङको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा संगिता बराली, सचिवमा प्रमिश न्यौपाने, कोषाध्यक्षमा अर्पना थापा, सह-सचिवमा मुना न्यौपाने ,सदस्यहरुमा उमन न्यौपाने, सम्झना थापा, विद्या गुरुङ, सुजता अच्छामी, सुरोज थापा, मोनिका घर्ती, सन्दिप थापा र देवराज रानाभाट निर्वाचित हुनुभएको छ ।

प्रतिकृया दिनुहोस