भानु-१२, आर्बाजेमा असोज २४ गते खुल्ला पुरुष भलिबल र बाँस भाले प्रतियोगिता सञ्चालन गरिने
रेडियो छिम्केश्वरी, पावर एफ.एम., डुम्रे, तनहुँ।
तनहुँको भानु-१२, आर्बाजेमा विजयादशमीको अवसरमा प्रथम रुद्र देवी आर्बाजे खुल्ला पुरुष भलिबल प्रतियोगिता तथा बाँस भाले प्रतियोगिता-२०८१ सञ्चालन हुने भएको छ।
स्थानीय श्री रुद्र देवी युवा क्लबको आयोजनामा उक्त कार्यक्रम सञ्चालन हुन लागेको हो। कार्यक्रममा भलिबल र बाँस भाले गरि दुई वटा विधामा प्रतियोगिता हुने क्लबका अध्यक्ष सप्रिङ राना मगरले बताउमुभयो।
उक्त कार्यक्रम यहि असोज २४ गते फुलपातीको दिनमा श्री श्री गणेश प्राथमिक विद्यालय आँगेचौरको खेल मैदानमा बिहान ११ बजे देखि हुने आयोजक क्लबले बताएको छ।
भलिबल तर्फ प्रथम हुनेलाई नगद रु २० हजार सहित मेडल र प्रमाण पत्र, द्वितीय हुनेलाई नगद रु १० हजार सहित मेडल र प्रमाण पत्र तथा सर्वोत्कृष्ट खेलाडिलाई मेडल र प्रमाण पत्र प्रदान गरिने कार्यक्रम संयोजक तथा रुद्र देवी टोल सुधार समितिका अध्यक्ष सर्जु रानाले बताउनु भयो।
यस्तै गरि बाँस भाले प्रतियोगिता अन्तर्गत बाँसको टुप्पोमा कुखुराको भाले झुण्ड्याउने र बाँसमा चढेर भाले झिकेर ल्याउने प्रतियोगितामा रु दुई हजार बराबरको कुखुरा राखिने क्लबका सदस्य तथा भि.सी. सेर बहादुर मोटरमार्गका अध्यक्ष निल कमल रानाले बताउनु भयो।
.jpg)
प्रतियोगिताको टिम दर्ताको लागि बिहान १० बजे सम्म समय निर्धारण गरिएको तथा भलिबलको लागि टिम दर्ता शुल्क रु एक हजार तोकिएको र बाँस भाले प्रतियोगिताको लागि भने शुल्क नलाग्ने आयोजक क्लबका सदस्य तथा युवा संघ भानुका अध्यक्ष राज कुमार रानाले बताउनु भयो।
विगतका वर्षहरुमा विजयादशमी, शुभदिपावली तथा माघे संक्रान्तिमा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने गरिए तापनि केहि समय देखि रोकिएको थियो। रोकिएको कार्यक्रमहरु पुनः सञ्चालन गरि गाउँघरमा मनोरञ्जन तथा युवाहरुलाई खेल प्रति आकर्षण जगाउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको र बिस्तारै अन्य कार्यक्रमहरुको पनि आयोजना गर्दै जाने आयोजक क्लबका अध्यक्ष राना मगरले बताउनुभयो।





प्रतिकृया दिनुहोस