तेस्रो गोर्खालीछाप कपको तेस्रो दिन हिजो छ खेल सम्पन्न
रेडियो छिम्केश्वरी, पावर एफ.एम., डुम्रे, तनहुँ।
तनहुँको भानु-७ गोर्खालीछापमा जारी तेस्रो गोर्खालीछाप कप-२०८० फाइभ ए साइड फुटबल प्रतियोगिताको तेस्रो दिन हिजो आइतबार छ खेल सम्पन्न भएको छ।
दमौली फुट्सल ए र आयोजक सी बीच हिजो तेस्रो दिन भएको पहिलो राउण्डको पहिलो खेलमा ५-१ को गोल अन्तरले दमौली फुट्सल ए विजयी भएको छ भने दमौली फुट्सल बी र डाँफे मुनाल युवा क्लब बीच भएको दोस्रो खेलमा ३-२ को अन्तर ले दमौली फुट्सल बी विजयी भएको छ।
सेभेन स्टार युवा क्लब ए र टी.जी. एसोसिएसन नारेश्वरटार बीच भएको दोस्रो राउन्ड को पहिलो खेल खेलमा ४-० को गोल अन्तरले सेभेन स्टार युवा क्लब ए विजयी भएको छ भने मानेचौका युवा क्लब र एम.बी.वाइ.सी. रयाले बिच भएको दोस्रो खेलमा ४-१ को अन्तर ले मानेचौका युवा क्लब विजयी भएको छ।
सेभेन स्टार युवा क्लब बी र दमौली फुट्सल बीच भएको तेस्रो खेलमा १-० को अन्तर ले सेभेन स्टार युवा क्लब बी विजयी भएको छ भने एकता युवा क्लब रतनपुर र शान्ति युवा क्लब टुटेपानी बीच भएको चौथो खेलमा एकता युवा क्लब रतनपुर समयमा उपस्थित हुन नसक्दा आयोजकको निर्णय अनुसार एकता युवा क्लब रतनपुर लाई वाकओभर गराई शान्ति युवा क्लब टुटेपानी विजयी भएको छ।
आज चौथो दिनको खेल १० बजे देखि सञ्चालन हुने क्लबका अध्यक्ष दिल बहादुर थापा मगरले जानकारी दिनुभयो। आजको को पहिलो खेल बी.वाइ.सी. बिरुवाटार र दमौली फुट्सल बी बीच बिहान १०:०० हुनेछ भने दोस्रो खेल आयोजक बी र सृजना युवा क्लब भानु ६ बिच १०:४५ मा हुने आयोजकले बताएको छ। सबै खेलाडीहरु समयमा नै उपस्थित नभएको खण्डमा खेल बाट वाकओभर गरिने आयोजक ले जनाएको छ।
यहि फागुन १५ गते सम्म सञ्चालन हुने उक्त प्रतियोगितामा प्रथम हुने समुहलाई नगद रु ५० हजार पाँच सय ५५ सहित कप मेडल र प्रमाणपत्र, द्वितीय हुने समुहलाई नगद रु २५ हजार पाँच सय ५५ सहित कप मेडल र प्रमाणपत्र द्वारा पुरस्कृत गरिने अध्यक्ष थापा मगरले बताउनुभयो। यस्तै गरि उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई कप, मेडल र प्रमाणपत्र द्वारा सम्मानित गरिने समेत आयोजकले जनाएको छ।





प्रतिकृया दिनुहोस