• २०८३ श्रावण १५, शुक्रबार
  • 02:39

डुम्रेमा सञ्चालित मेन्स डबल सी डी लेभल व्याडमिन्टन प्रतियोगिता सम्पन्न

रेडियो छिम्केश्वरी, पावर एफ.एम., डुम्रे, तनहुँ।

डुम्रे सांस्कृतिक युवा परिवारको आयोजनामा सञ्चालित मेन्स डबल सी डी लेभल व्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ। हिजो शनिबार देखि युवा परिवारको हल परिसरमा सञ्चालित प्रतियोगिता आज आइतबार सम्पन्न भएको हो।

 

प्रतियोगितामा खैरेनीटारका अमृत श्रेष्ठ र सफल भुजेलको समुह प्रथम, दमौलीका विश्वास वि.क. र पोर्ट बहादुर सारुको समुह द्वितीय र दमौलीकै राजु गुरुङ र नितेश थापा तथा दमौलीकै सागर थापा र कमल श्रेष्ठको दुई समुह तृतीय हुन सफल भएका थिए।

 

प्रतियोगितामा प्रथम हुने समुहलाई रु २० हजार, द्वितीय हुने समुहलाई १० हजार र तृतीय हुने दिई समुहलाई रु दुई/दुई हजार साथै मेडल र प्रमाणपत्र वितरण गरिएको छ। प्रतियोगिताको प्रथम पुरस्कार प्रायोजक बन्दीपुर गाउँपालिका रहेको थियो।

 

डुम्रे सांस्कृतिक युवा परिवारका अध्यक्ष विक्की गुरुङ्गको अध्यक्षतामा सञ्चालित उक्त प्रतियोगितामा प्रमुख अतिथि बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापा, विशेष अतिथि बन्दीपुर गाउँपालिका वडा नं १ का वडाध्यक्ष शिव कुमार श्रेष्ठ, विशिष्ट अतिथि वडा नम्बर ४ का वडा सदस्य भीमबहादुर घले, क्लबका भु.पु. अध्यक्षहरु राजेश पिया र सुजन श्रेष्ठ, सशस्त्र प्रहरी बलका डि.एस.पी. विकास अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगितामा तनहुँ जिल्ला भरिबाट ३१ समुहको सहभागिता रहेको थियो‌।

प्रतिकृया दिनुहोस