• २०८३ श्रावण १५, शुक्रबार
  • 02:40

तेस्रो गोर्खालीछाप कप-२०८० को दोस्रो दिन आज छ खेल सम्पन्न

रेडियो छिम्केश्वरी, पावर एफ.एम., डुम्रे, तनहुँ।

तनहुँको भानु -७, गोर्खालीछापमा सञ्चालित तेस्रो गोर्खालीछाप कप-२०८० फाइभ ए साइड फुटबल प्रतियोगिताको दोस्रो दिन आज शनिबार छ खेल सम्पन्न भएको छ।

 

गोर्खालीछाप युवा क्लबको आयोजनामा सञ्चालित उक्त प्रतियोगिताको दोस्रो दिन आज पहिलो राउण्डको छ खेल सम्पन्न भएको हो।

 

चन्द्रावती युवा क्लब र मानेचौका युवा क्लब बिच भएको आजको पहिलो खेलमा ०-४ गोल अन्तरले मानेचौका युवा क्लब विजयी भएको छ। यस्तै गरि एम्.बी.वाइ.सी. रयाले र संघर्षशिल युवा क्लब खातिथोक बीच भएको आजको दोस्रो खेलमा २-१ को अन्तर ले एम्.बी.वाइ.सी रयाले विजयी भएको छ।

 

यस्तै शान्ति युवा क्लब टुटेपानी र बी.वाइ.सी. भानु-७ बीच भएको आजको तेस्रो खेल खेलमा ०-५ को अन्तर ले बी.वाइ.सी. भानु-७ विजयी भएको छ। यस्तै आदर्श युवा क्लब एक्लेफाँट र शान्ति युवा क्लब टुटेपानी बी बीच आजको चौथो खेलमा १-१ गोल को बराबरी भई पेलान्टि सुट आउटमा शान्ति युवा क्लब विजयी भएको छ।

 

यस्तै आजको पाँचौं खेलमा जलदेवी युवा क्ल्ब र आयोजक बी बिच भएको खेल मा ०-५ को अन्तर ले आयोजक बी विजयी भएको छ। यस्तै एकता युवा क्लब र भुङ्गे युवा क्लब दमौली बिच भएको आजको अन्तिम तथा छैठौं खेलमा १-१ गोलको बराबरी भई पेनाल्टी सुट आउट मा एकता युवा क्लब विजयी भएको छ।

 

आजको छ खेल सहित पहिलो चरणको १० खेल सम्पन्न भएको आयोजक क्लबका अध्यक्ष दिल बहादुर थापा मगरले जानकारी दिनुभयो।

 

यहि फागुन १५ गते सम्म सञ्चालन हुने उक्त प्रतियोगितामा प्रथम हुने समुहलाई नगद रु ५० हजार पाँच सय ५५ सहित कप मेडल र प्रमाणपत्र, द्वितीय हुने समुहलाई नगद रु २५ हजार पाँच सय ५५ सहित कप मेडल र प्रमाणपत्र द्वारा पुरस्कृत गरिने अध्यक्ष थापा मगरले बताउनुभयो। यस्तै गरि उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई कप, मेडल र प्रमाणपत्र द्वारा सम्मानित गरिने समेत आयोजकले जनाएको छ।

प्रतिकृया दिनुहोस