तेस्रो गोर्खालीछाप कपको उपाधि सेभेन स्टार युवा क्लबलाई
रेडियो छिम्केश्वरी पावर एफएम डुम्रे तनहुँ।
तनहुँको भानु नगरपालिका-७, गोर्खालीछापमा सञ्चालित तेस्रो गोर्खालीछाप कप-२०८० फाइभ ए साइड फुटबल प्रतियोगिता सम्पन्न भएको छ।
हिजो पाँचौ दिन सेभेन स्टार युवा क्लब ए र दमौली फुट्सल बीच भएको भएको सेमिफाइनल खेलमा ३-१ को अन्तर ले सेभेन स्टार ए फाइनल प्रवेश गरेको थियो।
यस्तै गरि मानेचौका युवा क्लब vs सेभेन स्टार युवा क्लब ए बिच भएको फाइनल खेलमा ५-१ को अन्तर ले सेभेन स्टार ए ले तेस्रो गोर्खालीछाप को उपाधि उचाल्न सफल भएको छ भने मानेचौका युवा क्लब उपबिजेता बन्न सफल भएको छ ।
उक्त प्रतियोगिताको विजेता समुह सेभेन स्टार युवा क्लब ए लाई नगद रु ५० हजार पाँच सय ५५ सहित कप मेडल र प्रमाणपत्र, उपविजेता समुह मानेचौका युवा क्लब लाई नगद रु २५ हजार पाँच सय ५५ सहित कप मेडल र प्रमाणपत्र द्वारा पुरस्कृत गरिएको आयोजक क्लबका अध्यक्ष दिल बहादुर थापा मगरले बताउनुभयो। यस्तै गरि उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई कप, मेडल र प्रमाणपत्र द्वारा सम्मानित गरिएको आयोजकले जनाएको छ।





प्रतिकृया दिनुहोस