• २०८३ असोज २, शुक्रबार
  • 02:50

विष्णु मा.वि. मा आधारभुत सचेतनामुलक कार्यक्रम सम्पन्न

रेडियो छिम्केश्वरी, पावर एफ.एम., डुम्रे, तनहुँ।

 

तनहुँको बन्दिपुर गाउँपालिका-१, नाहाला, स्थित विष्णु माध्यमिक विद्यालयमा आधारभुत सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ।

 

वडा कार्यालय, डुम्रे प्रहरी कार्यालय र विष्णु माध्यमिक विद्यालयको समन्वय तथा रुम टु रिड (पढ्नको लागि कोठा) कार्यक्रमको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो।

 

विद्यालयका प्रधानाध्यापक ऋषिराम ढकाल को अध्यक्षता तथा वडा प्रतिनिधि प्रेम ब. शाहीको विशेष उपस्थिति मा कक्षा ७, ८, ९ र १० का बालबालिकाहरू लाई आधारभुत सचेतना मुलक कार्यक्रम सञ्चालन गरिएको हो। उक्त कार्यक्रममा विद्यालयका कक्षा ७, ८, ९ र १० मा अध्ययनरत ७७ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो।

 

पढ्नको लागि कोठा कार्यक्रमकी सामाजिक परिचालक शुष्मा नागिलाले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा प्रहरी हवल्दार प्रमोद घिमिरे र सन्तोष सोडारीले प्रशिक्षण दिनुभएको थियो भने विद्यालयका सम्पुर्ण शिक्षकहरु तथा पढ्नको लागि कोठा कार्यक्रमकी सामाजिक परिचालक वेन्जिर थापाको समेत उपस्थिति रहेको थियो।

 

उक्त पढ्नको लागि कोठा संस्था द्वारा आयोजित कार्यक्रम तनहुँको व्यास नगरपालिका, म्याग्दे गाउँपालिका, भानु नगरपालिका, बन्दिपुर गाउँपालिका र ऋषिङ्ग गाउँपालिका भित्रका विद्यालयहरुमा बिगत ५ बर्षदेखि सञ्चालन हुँदै आएको छ।

 

कार्यक्रमले बालबालिकाहरुलाई जीवन उपयोगी सीप शिक्षा सिकाउँदै आफ्ना अधिकारका बारेमा, आदर्श व्यक्ति बन्ने बारेमा, अरुको विश्वास जित्ने बारेमा शिक्षा दिने गर्दछ ।

 

यस्तै उक्त कार्यक्रमले अध्ययनको लागि समय तालिका बनाउने बारेमा, भविष्यमा गर्ने पेशाको बारेमा, यौनरोग र एचआईभी का सम्बन्धमा, यौनजन्य हिंसा र दुर्व्यवहार रोकथाम सम्बन्धमा, चिनेजानेका बाट हुने बलात्कार सम्बन्धमा, स्वास्थ्यका लागि पोषण तथा शैक्षिक योजनाको निर्माणका बारेमा शिक्षा दिने गरेको छ।

 

अमेरिकी नागरिक " जोन " नेपाल भ्रमणको शिलशिलामा सन् दुई हजारमा लमजुङको बाहुनडाँडामा पुग्दा बिद्यालयको पुर्वाधार र बालबालिकाको अवस्था अत्यन्तै कस्टकर देख्नुभएको थियो। विद्यालयमा पुस्तकहरूको अबस्था नाजुक रहेको जस्ता दृश्यले उहाँलाई नेपालमै किताबहरू वितरण गरि शैक्षिक क्षेत्रमा योगदान दिन मन लाग्यो। त्यहि समयमा उहाँले शैक्षिक क्षेत्रमा सहयोग पुर्याउन सकिने खालको काम गर्न नेपालमै रुम टु रिड (पढ्नको लागि कोठा) संस्थाको स्थापना गरि पुस्तकालय निर्माण कार्यक्रम सुरुवात गर्नुभएको थियो ।

 

त्यसैगरी रुम टु रिड (पढ्नको लागि कोठा) नेपाल सँगै अन्य विभिन्न देशहरूमा पनि साक्षरता र बालिका शिक्षा कार्यक्रम लिएर सञ्चालन भइरहेको छ ।

प्रतिकृया दिनुहोस