बन्दीपुर गाउँपालिकामा स्त्री रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर संचालन हुने
रेडियो छिम्केश्वरी, पावर एफ.एम., डुम्रे, तनहुँ।
तनहुँको बन्दीपुर गाउँपालिकाका सबै वडामा स्त्री रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ।
बन्दीपुर गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा बन्दीपुर गाउँपालिका कार्यालय बन्दीपुरको (१ देखि ६) सवै वडाहरुमा स्त्री रोग सम्बन्धी नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको बन्दीपुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अञ्जिर भट्टराईले बताउनुभयो।
"मंसिर १० गते आइतबार वडा नं ६ स्थित धरमपानी स्वास्थ्य चौकी, मंसिर ११ गते सोमबार वडा नं १ स्थित पिप्ले आधारभुत स्वास्थ्य सेवा केन्द्र, मंसिर १२ गते मंगलबार वडा नं २ स्थित कुकुर्दी आधारभुत स्वास्थ्य सेवा केन्द्र, मंसिर १३ गते बुधबार वडा नं ३ स्थित सुखौरा आधारभुत स्वास्थ्य सेवा केन्द्रमा शिविर सञ्चालन हुनेछ" बन्दीपुर गाउँपालिकाका प्रवक्ता तथा वडा नं १ का वडाध्यक्ष शिव कुमार श्रेष्ठले भन्नुभयो।
यस्तै गरि प्रवक्ता श्रेष्ठले मंसिर १४ गते बिहीबार वडा नं ५ स्थित कल्चोक आधारभुत स्वास्थ्य सेवा केन्द्र र मंसिर १५ शुक्रबार वडा नं ४ स्थित बन्दीपुर अस्पतालमा शिविर सञ्चालन गरिने बताउनुभयो।



प्रतिकृया दिनुहोस