भानु जयन्तीको अवसरमा गण्डकी प्रदेशमा सार्वजनिक बिदा
रेडियो छिम्केश्वरी, पावर एफ.एम., डुम्रे तनहुँ।
गण्डकी प्रदेश सरकारले भानु जयन्तीको अवसरमा असार २९ गते शुक्रबार सार्वजनिक बिदा दिने भएको छ।
गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आज मंगलबार एक सूचना जारी गरी, गण्डकी प्रदेश सरकार, मन्त्रिपरिषदको २०८० चैत ८ गतेको निर्णय अनुसार प्रदेश राजपत्रमा प्रकाशित सार्वजनिक बिदा सम्बन्धी सूचना बमोजिम असार २९ गते शुक्रबार भानु जयन्तीको अवसरमा गण्डकी प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरुमा बिदा रहेको जनाएको हो





प्रतिकृया दिनुहोस