लम्जुङ्गको राइनास नगरपालिकाको आर्थिक वर्ष २०७९/८० को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
रेडियो छिम्केश्वरी, पावर एफ.एम. डुम्रे, तनहुँ।
लम्जुङ्गको राइनास नगरपालिकाको आर्थिक वर्ष २०७९/८० को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ।
नगरपालिकाको कभर्ड हलमा आज शुक्रबार आर्थिक वर्ष २०७९/८० को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो।
आज शुक्रबार आर्थिक वर्ष २०७९/८० को प्रथम त्रैमासिकमा सम्पादन भएका मुख्य-मुख्य कार्यक्रम तथा गतिविधिहरु आम नागरिक एवं सरोकारवाला बीच सार्वजनिक गरिएको थियो।
यसैगरी उक्त कार्यक्रममा नागरिकका गुनासो एवं सुझाव संकलन गरिएको थियो भने नागरिकका गुनासो तथा सुझावहरुको सम्बोधन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोकर्ण राज सुयलले गर्नुभएको थियो।
उक्त कार्यक्रममा नगरप्रमुख खड्ग बहादुर गुरुङ्ग, उपप्रमुख पुष्पराज खनाल, प्रमुख प्रशासकीय अधिकृत गोकर्ण राज सुयल, सुचना अधिकारी सिजन देवकोटा लगायत शाखा प्रमुखहरु, विभिन्न वडाका वडाध्यक्षहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, नगरबासीहरु तथा कर्मचारीको उपस्थिति रहेको थियो।





प्रतिकृया दिनुहोस