• २०८३ असोज २, शुक्रबार
  • 02:52

आदिकवि भानुभक्त क्याम्पसबाट बि.एड. साइन्स चौथो वर्षको परीक्षा दिएका सबैजना शिक्षक पेशामा अवतरण

रेडियो छिम्केश्वरी, पावर एफ.एम., डुम्रे, तनहुँ।

तनहुँको आदिकवि भानुभक्त क्याम्पसबाट वर्ष २०८१ मा शिक्षाशास्त्र संकायमा स्नातक तहमा विज्ञान शिक्षा अध्ययन गरेर चौथो वर्षको बार्षिक परीक्षा दिएर बसेका कुल १९ जना विद्यार्थीहरू मध्ये सबैजना अथवा शत प्रतिशत विद्यार्थीहरू शिक्षक पेशामा अवतरण भएका छन् ।  

 

कक्षा १२ मा विज्ञान समूहबाट उत्तीर्ण विद्यार्थीहरू मध्ये कोही बिएड साइन्समा अध्ययन गर्न इच्छुक भएमा काम गर्दै पढ्दै गर्न थुप्रै अवसरहरूले पर्खि बसेको र विज्ञान शिक्षा पढ्ने विद्यार्थीहरूलाई रोजगारीको समस्या नरहेको तथा सयौं विद्यालयहरूमा विज्ञान शिक्षकको अहिले पनि अभाव रहेको आदिकवि भानुभक्त क्याम्पसका प्रमुख महाप्रसाद हड्खलेले बताउनुभयो।

 

बि.एड. साइन्स पढेका विद्यार्थीहरूले मात्रै विज्ञान शिक्षकको रुपमा काम गर्न सक्ने कानुनी व्यवस्था रहेको छ। तनहुँमा आदिकवि भानुभक्त क्याम्पसमा मात्र बिएड साइन्सको अध्ययन अध्यापन हुने गर्दछ।

प्रतिकृया दिनुहोस