कृषकले समयमै मल तथा बीउ पाउन सकेनन् : कृषिलाई प्राथमिकता दिने योजना योजनामै सिमित
रेडियो छिम्केश्वरी, पावर एफ.एम., डुम्रे, तनहुँ।
सरकारले कृषिलाई प्राथमिकता दिने र सहुलियत दरमा सहज रुपमा समयमै रसायनिक मल तथा बीउ उपलब्ध गराउने लक्ष्य तथा योजना लिए पनि किसानहरुले भने सहज रुपमा प्राप्त गर्न सकेका छैनन्। धानको बीउ राख्ने बेला भै'सक्दा तथा रोपाई गर्ने समय नजिकिँदै गर्दा समेत किसानहरुले बीउ तथा मल प्रयाप्त मात्रामा प्राप्त गर्न नसकेका हुन।
२५ सय देखि २८ सय सम्ममा समेत मल पाउन नसकेको गोरखाको पालुङटार नगरपालिका ६ का स्थानीय कृषक मिन बहादुर त्रिपाठीले जानकारी दिनुभयो। उहाँले तनहुँमा जाँदा गोरखाको लागि मल गोरखा मै पाइने बताइए पनि गोरखामा भने मल आएको जानकारी नै नहुने र मल आवश्यकता अनुसार सहज रुपमा पाउन नसकेको गुनासो गर्नुभयो।
त्रिपाठीले समयमा मल तथा बीउ प्राप्त नहुँदा उत्पादन घट्ने चिन्ता समेत व्यक्त गर्नुभयो। यस्तै समयमै मल तथा बीउ सरल र सहज रुपमा पाउन सके सम्पुर्ण किसानहरुलाई राहतको महसुस हुने समेत बताउनुभयो।





प्रतिकृया दिनुहोस